काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र बढीरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना गरी स्वतन्त्र रुपमा स्वाब संकलनलाई बढाउने भएको छ । मन्त्रालयले काठमाडौं उपत्यकाका लागि नि:शुल्क कोरोना परीक्षण गर्न सूचना नै जारी गरेको छ ।
मन्त्रालयले काठमाडौं उपत्यकाका विभिन्न १४ अस्पतालको नामावलीसहित कोरोना परीक्षणका लागि उपत्यकाबासिलाई सूचना जारी गरेको हो ।
मन्त्रालयले तोकिएका अस्पतालमा बिहान ९ बजेदेखि १ बजेसम्म उपस्थित भएर स्वाब संकलन गराउनका लागि अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया