काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
परीक्षणमा पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ६ हजार ५९४ जनाको स्वाब परीक्षण गरिएकोमा काठमाडौंमा ४८ जना, भक्तपुरमा १३ र ललितपुरका १ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २१ हजार ०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङको क्रममा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको साथै नेपालमा हाल पाँच हजार ९२५ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया