काठमाडौं । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा पुगेपछि देशमा पुनः लकडाउन हुने सम्भावना प्रबल भएको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । करिब ३ महिना बढी गरिएको लकडाउनले समेत कोरोना नियन्त्रण गर्न सकिएको छैन । हालैमात्र खोलिएको लकडाउन अहिले कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि फेरि पुनः लकडाउन गर्नुपर्ने अवस्था देखिएको छ । कतिपय जिल्लामा लकडाउनका लागि निषेधाज्ञा समेत जारी भएको छ ।
आज (मँगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना सम्बन्धि विज्ञहरुले दिएको लकडाउन सम्बन्धी सुझावमा प्रधानमन्त्री केपी शर्मा ओली साकारात्मक भएको बुझिएको छ ।
कम्तीमा पनि २ साता लकडाउन गर्न विज्ञहरुले दिएको सुझावमा प्रम ओली साकारात्मक भएको बताइएको छ । कोरोनाको अवस्था समुदाय स्तरमा पुगेको र अवस्था भयावह हुँदै गएको भन्दै केही नियन्त्रण गर्नका लागि कम्तीमा पनि २ हप्ता लकडाउन गर्न सुझाव दिएको हो ।
विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको जसपाका नेता महन्थ ठाकुरले बताए । विज्ञहरुसँगको छलफल यस सम्बन्धमा जारी रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया