काठमाडौं । आज शनिबार नेपालमा संक्रमितको संख्या २२,२१४ जना पुगेको छ ।
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै आज ६२ जना कोरोना संक्रमितसहित देशभर थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका थप ३७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जनासमेत रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको डा. गौतमले जानकारी दिए ।
हालसम्म ४२७,५०१ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
यस्तै कोरोना संक्रमण मुक्त हुनेको संख्या १५,८१४ पुगेको छ । हालसम्म कोरोना संक्रमणका कारण ७३ जनाको मृत्यु भइसकेको छ ।
तपाईको प्रतिक्रिया