काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा ९ सय १२, ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । काठमाडौंका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै देशभर ३८० जना संक्रमित थपिएका छन् । यो संगै कोरोना संक्रमितको कुल संख्या २२ हजार ९७२ पुगेको छ ।
तपाईको प्रतिक्रिया