काठमाडौं । नेपालमा आइतबार थप २ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार थप २ जनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।
उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा-१९ का ६२ वर्षीय एक पुरुषको गएराति मृत्यु भएको हो। कोभिड-१९ तथा डाइबेटिज मेलिसस भई साउन १७ गते भर्ना भएका उनको गएराति ११ : ३५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसैगरी वीरगञ्जको छपकैया निवासी २० वर्षया एक महिलाको पनि कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।
तपाईको प्रतिक्रिया