काठमाडौं । आज सोमबार ८ हजार ४३२ जनाको कोरोना परीक्षण भएको छ भने कोरोना संक्रमितको संख्या २३,३१० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३३८ जना कोरोना संक्रमित थपिएको सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
काठमाडौं उपत्यकामा ४४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४–४ जना रहेका छन् ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १४० जना संक्रमण नुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको कुल संख्या १६ हजार ४९३ जना पुगेको छ । योसँगै अब सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ रहेको छ ।
तपाईको प्रतिक्रिया