काठमाडौं । जनता समाजवादी पार्टीका संघीय सांसद प्रदीप यादव कोरोनालाई पराजित गरेर निको भएका छन् ।
आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी फेसबुकमार्फत दिएका हुन् । घरभित्र आइसोलेट भएर आत्मअनुसाशन कायम गरी सुरक्षित रुपले बसेको र डाक्टरले दिएको सुझाव अनुसार चलेकाले कोरोनालाई जित्न सफल भएको साँसद यादबले बताएका छन् ।
डाक्टरको सुझाव अनुसार सात दिनसम्म अझै घरकै आइसोलेसनमा बस्ने उनले जनाएका हुन् ।
मानवजातिमाथि आएको कोरोना संकट छिटै समाप्त होस् भन्ने श्रीकृष्ण जन्माष्टमीको विशेष अवसरमा इश्वरसंग प्राथना समेत उनले गरेका छन् ।
साउन १६ गते सांसद यादबमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तपाईको प्रतिक्रिया