काठमाडौं । नेपालमा कोरोनाको कारण थप ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार धनुषाका २ जना, काभ्रेका १ जना र सिन्धुपाल्चोकका १ जनाको मृत्यु भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको कुल संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।
यस्तै १ सय ७१ जना कोरोना उपचार पछि निको भएर घर फर्किएका छन् । योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या १६ हजार ६ सय ६४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा हाल सम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार २ सय १ रहेको छ।
तपाईको प्रतिक्रिया