काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट थप ८ जना संक्रमितको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९१ पुगेको छ ।
काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
आज काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै देशभर ४८४ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ललितपुरमा २१ र भक्तपुरमा ८ जना छन् भने बाँकी १०९ जना काठमाडौंका रहेको जानकारी दिएका हुन् । यो संगै संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया