काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौं उपत्यकाका १२७ सहित ५२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जना रहेका छन् । योसहित हालसम्म देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । हाल देशभर ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै १०९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै हालसम्म संक्रमण मुक्त हुनेको कुल संख्या १६ हजार ८३७ जना पुगेको छ ।
तपाईको प्रतिक्रिया