काठमाडौं । नेपालमा आज बिहिवार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको औपचारिक पुष्टि गरेका हुन् ।
मृतकमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष रहेको गौतमले जानकारी दिए ।
यस्तै बितेको २४ घण्टामा थप ५२५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमा उपत्यकाका १२७ जना रहेका छन् । योसहित हालसम्म देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।
तपाईको प्रतिक्रिया