काठमाडौं । कोरोनाले जनता मर्दैछन्, सरकार कहाँ छ जनता समाजवादी पार्टीकी युवा नेतृ प्रज्ञा ढकालले कोरोना भाइरसको कारण ज्यान जानेको सँख्या बढिरहेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । उपचारको अभावमा नागरिकको ज्यान गइरहँदा सरकारको उपस्थिती नदेखिएको भन्दै उनले असन्तुष्टि पनि पोखेकी छन् ।
प्रतिनिधिसभा सांसद समेत रहेकी उनले फेसबुकवालमा लेख्दै सरकार कोरोनाको कहरमा कतै नदेखिएको भन्दै कटाक्ष गरेकी छन् । उनले लेखेकी छन्, ‘देशमा दैनिक कोरोनाको संक्रमणबाट मर्नेको सँख्या बढिरहेको छ । संक्रमितले उपचार पाइरहेका छैनन् । भेन्टिलेटरको अभावका खबरहरु आइरहेका छन् । कोरोना रोकथाम र नियन्त्रणका नाममा अर्बौ रकम सकिएको सरकारी तथ्यांक छ ।
तर, न नागरिकले उपचार पाएका छन् । न उपचार गर्ने चिकित्सकका लागि उपयुक्त सुरक्षा शतर्कता छ । सरकार कोरोनाको कहरमा रहेका नागरिकले अनुभूति गर्ने गरि कतै नदेखिनु विडम्बनापूर्ण छ । नागरिकको जीवन कुनै पनि सरकारका लागि सबैभन्दा महत्वपूर्ण विषय हो र हुनुपर्छ ।
तर, वर्तमान सरकार के गर्दैछ रु कता छ रु आम नेपाली जनता सोधिरहेका छन् ।त्यस्तै, उनले कोरोनाको संक्रमणबाट जोगिनका लागि आवश्यक शतर्कता अपनाउन सबैलाई आग्रह पनि गरेकी छन् ।
तपाईको प्रतिक्रिया