काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जना कोरोना संक्रमित थपिएका छन् ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ५९४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ।
पछिल्लो घण्टामा २४० जना संक्रमित निको भएका छन् । यो संगै कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १७ हजार ७७ पुगेको छ । हालसम्म देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् ।
तपाईको प्रतिक्रिया