काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ जना सहित देशभर ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको छ ।
काठमाडौं उपत्यकामा १७२ जनामा काठमाडौंमा १२६ ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १३४ जना पुगेको छ भने कुल संक्रमण मुक्त हुनेको संख्या १७ हजार ३३५ पुगेको छ भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।
तपाईको प्रतिक्रिया