काठमाडौं । पछिल्लो २४ मा काठमाडौं उपत्यकाका थप १६८ सहित देशभर ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको कुल संख्या २७ हजार २ सय ४१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ गरी उपत्यकामा १६८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या १६० पुगेको छ । हालसम्म संक्रमण मुक्त हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ ।
हाल क्वारेन्टाइनमा रहनेको संख्या १५ हजार १सय ९८ पुगेको छ भने आइसोलेसनमा रहेकाको संख्या ९ हजार ६ सय ३९ पुगेको छ ।
यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।
तपाईको प्रतिक्रिया