काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बुधबार रातिदेखि निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जारी गरेको यस सम्वन्धि जरुरी सूचनामा प्रयोजन खुल्ने सामग्रीहरु लिई हिँडेका सवारी साधनहरुलाई आवश्यक सहजीकरण हुने समेत उल्लेख छ ।
त्यस सूचनामा भनिएको छ — “निषेध सम्बन्धी आदेश कार्यान्वयन गर्ने गराउने सन्दर्भमा अति आवश्यक सेवाहरु जस्तै दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा), कृषि तथा पशुपन्छी सम्बन्धी कार्य (कृषिजन्य बिउ बिजन, माछा–मासु र मासुजन्य पदार्थ, दाना र भेटनरी सम्बन्धी), बैंक तथा वित्तीय कारोबार, विमा सम्बन्धी कार्य, औषधिजन्य सामग्री, स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरु, खानेपानी, ग्याँस, पेट्रोलियम पदार्थ, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स–शव वाहन–दमकल, कूटनैतिक नियोग, डाक तार वा टेलिफोन सेवा, प्रिन्ट, वा सरकारी छापाखाना सम्बन्धी कार्य, सञ्चार सेवा, विद्युत सेवा, मृत्यु संस्कार सम्पन्न गराउने व्यक्ति, विवाह प्रयोजन (७ जनामात्र) साथै कोभिड १९ को रोकथामका लागि आवश्यक पर्ने क्वारेन्टाइन, आइसोलेसनको व्यवस्थापन सम्बन्धी कार्यहरु सञ्चालनको लागि सम्बन्धित निकायबाट जारी फोटोसहितको परिचयपत्र भएका साथै कार्य प्रयोजन खुल्ने सामग्रीहरु लिई हिँडेका सवारी साधनहरुलाई आवश्यक सहजीकरण हुने व्यहोरा सबैको जानकारीको लागि अनुरोध गरिएको छ, ।’’
तपाईको प्रतिक्रिया