काठमाडौं । गएराति १२ बजेदेखि शुरु भैसकेको छ । बिहीवार बिहानै निषेधाज्ञा उल्लंघन गर्ने ४३५ जना कारबाहीमा परेका छन् ।
बिहीबार बिहान बिहान साढे १० बजेसम्म ४३५ जना कारबाहीमा परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
एक हप्तासम्म निषेधाज्ञा जारी भएसँगै बिहीवार बिहानैदेखि उपत्यकाका विभिन्न स्थानमा बाक्लो रुपमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाको कारण उपत्यकामा मानिसहरुको आवत जावत न्युन छ ।
प्रहरीले अत्यावश्यक काम नपरी निस्किएकालाई ठाउँको ठाउँ उभ्याएर कोरोनाबारे जानकारी दिदै छाड्ने गरिएको छ ।
सडकमा गुड्ने सवारी साधन र अत्यावश्यक काममा पैदल हिँड्नेसँग पनि प्रहरीले सोधपुछ गरेर मात्र छाड्ने गरेका छन् । ठाउँठाउँमा प्रहरीले माइकिङ गर्दै निषेधाज्ञाको पालना गर्न अपिल गरिरहेको छ । निषेधाज्ञाको पालना नगर्नेहरुलाई दण्डित गर्ने प्रशासनको चेतावनी छ ।
तपाईको प्रतिक्रिया