काठमाडौं । नेपालमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । आज मात्रै देशभर ८३८ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको कुल संख्या ३० हजार नाघिसकेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ जना रहेको जानकारी दिएका छन् ।
डा.गौतमले ५०० भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लाहरु मोरङ पर्सा महोत्तरी रौतहट सर्लाही काठमाडौं रहेको जनाएको छ । यस्तै देशभर भेन्टिलेटरमा रहेका कोरोना संक्रमितको संख्या १५ रहेको छ भने आइसियुमा उपचाररत बिरामीको संख्या १३३ रहेको मन्त्रालयले जनाएको छ ।
आइसियुमा उपचाररत बिरामीहरु :
प्रदेश १ मा १६ जना, प्रदेश २ मा ४६ जना, बागमती प्रदेशमा ५२ जना गण्डकीमा ६ यस्तै प्रदेश ५ मा १३ जना रहेको जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
डा . गौतमले नियमित प्रेस ब्रिफिङमा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको र यो सँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको जानकारी दिएका हुन् ।
मृतकमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् । जसमा १ महिला र १० पुरुष रहेका छन् ।
तपाईको प्रतिक्रिया