काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । ७७ जिल्लामा ४ जिल्लामा शुन्य कोरोना संक्रमित रहेका छन् ।
६ वटा जिल्लामा ५०० बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुन्य कोरोना संक्रमित रहेका ४ जिल्लामा भोजपुर, म्याग्दी , मुस्ताङ र हुम्ला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । डा . गौतमले नियमित प्रेस ब्रिफिङमा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
मृतकमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् । जसमा १ महिला र १० पुरुष रहेका छन् । योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।
तपाईको प्रतिक्रिया