काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ सहित देशभर ६३४ जना संक्रमित थपिएका छन् ।
शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेको जानकारी दिए । यो संगै कोरोना संक्रमितको कुल संख्या ३१ हजार १ सय १७ पुगेको उनले जानकारी दिए ।
डा. गौतमका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १३६ जना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेको कुल संख्या १८ हजार ३५० पुगेको छ ।
तपाईको प्रतिक्रिया