काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका १ सय ६३ अस्पतालमा कोरोना भाइरस (कोभिड १९) सम्बन्धी उपचार हुने जानकारी गराएको छ ।
अस्पतालको भौतिक अवस्था तथा जनशक्ति व्यवस्थापन लगायतको अवस्था विश्लेषण गरी मन्त्रालयले ४ तहमा वर्गीकरण गरी उपचार गर्ने व्यवस्था मिलाइएको मन्त्रालयका सहायक प्रवक्ता डा.समिरकुमार अधिकारीले बताउनुभयो ।
मन्त्रालयले देशभरमा १ सय १५ अस्पतालमा कोभिड क्लिनिक, २३ अस्पतालमा लेभल १ को उपचार, १८ अस्पतालमा लेभल २ को उपचार र ७ अस्पतालमा लेभल ३ को उपचार हुने सहप्रवक्ता अधिकारीले बताउनुभयो ।
तपाईको प्रतिक्रिया