काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २० घण्टामा एक महिला र ६ पुरुष गरी सात जनाको मृत्यु भएको बताए ।
मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष र २२ वर्षीय पुरुष सिराहका, ६८ वर्षीया पर्सा, ७६ वर्षीय पुरुष धनुषाका र ५३ वर्षीय पुरुष रुपन्देहीका छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको गौतमले बताए ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ सहित देशभर ८५५ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै देशभर संक्रमण पुष्टि हुनेको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको डा. गौतमले जानकारी दिए ।
तपाईको प्रतिक्रिया