काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०१ सहित देशभर ८८५ जना कोरोना संक्रमित थपिएका छन् ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी ३०१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै देशभर संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको उनले जनाए ।
यस्तै पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संखया १९ हजार ५०४ पुगेको छ। उनका अनुसार देशभर १४ हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् ।
तपाईको प्रतिक्रिया