काठमाडौं । देशभर कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । मृत्यु हुनेको संख्य दिनदिनै बढदै गएको छ भने संक्रमितको संख्या पनि दिनहुुँ सय भन्दा बढी थपिदै गएका छन् ।
कोरोना संक्रमण रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सकलाई समेत कोरोना संक्रमण भैरहेको छ भने अहिले कोरोना कहरमा सुरक्षा क्षेत्र समेत परेको छ ।
देशको सुरक्षा गर्ने प्रहरी लगायत सेनाहरुमा पनि कोरोना संक्रमण देखिएको छ । आज मात्रै महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो बुधबार बाँकेमा एक सय जना सेनाको स्वाब परीक्षण गर्दा ५१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यसरी दिनहुँ मात्रामा चिकित्सक,प्रहरी र सेनामा कोरोना संक्रमण बढदै जानुले सरकार कोरोना रोकथाम गर्न पुर्ण रुपमा असफल भएको प्रष्ट छ ।
अब कोरोना रोकथामको एक मात्र उपाय आफू सजग भएर सुरक्षित बस्नु मात्रै हो ।
तपाईको प्रतिक्रिया