काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१९ सहित देशभर ९२७ जना कोरोना संक्रमित थपिएका छन् ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ गरी ४१९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । देशभर संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १६९ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संखया २० हजार २ सय ४२ पुगेको छ। उनका अनुसार देशभर १६ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् ।
तपाईको प्रतिक्रिया