काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले बितेको २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको जसमा मोरङका २ जना ५६ वर्षीया र ६५ वर्षीया महिला, मकवानपुरका ७१ वर्षीया महिला र भक्तपुरका ६४ वर्षीया महिला गरेर जम्मा ४ जना महिलाको मृत्यु भएको जानकारी दिए ।
यस्तै उदयपुरका ५२ वर्षीया पुरुष , धनुषाका ४५ वर्षीया पुरुष ,पर्साका ७२ वर्षीया पुरुष , सिरहाका ५५ वर्षीया पुरुष , झापाका ८३ वर्षीया पुरुष , चितवनका ५१ वर्षीया पुरुष ,कास्कीका ५२ वर्षीया पुरुष र रुपन्देहीका ६० वर्षीया पुरुष गरेर जम्मा ८ जना पुरुषको मृत्यु भएको डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ ।
तपाईको प्रतिक्रिया