काठमाडौ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव निलेन्द्रराज श्रेष्ठलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।
गत बुधबार आएको रिपोर्टअनुसार उनलाई कोरोना पुष्टि भएको हो । यद्यपि, त्यसलाई भने आज मात्रै सार्वजनिक गरिएको छ ।
एनओसीका दुई कर्मचारीमा कोरोना संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा महासचिव श्रेष्ठलाईसमेत कोरोना देखिएको जनाइएको छ ।
कोरोना पोजेटिभ देखिएपछि श्रेष्ठ घरमै सेल्फ आइसोलेसनमा बसेका छन् ।
कोरोना पोजेटिभ देखिए पनि आफू सामान्य अवस्थामा रहेको श्रेष्ठले बताए ।
गत साउन अन्तिम साता एनओसीका आठजना कर्मचारीमा कोरोनाको परीक्षण गरिएको थियो ।
कर्मचारीलाई कोरोनाको संक्रमण देखिएपछि एनओसीले कार्यालय बन्द गर्दै सम्पूर्ण गतिविधि अनलाइनबाट गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया