काठमाडौं । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप ८८४ जनामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो संगै कोरोना संक्रमितको कुल संख्या ३७,००० नाघेको छ ।
शनिवारको नियमित प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो अवधिमा विभिन्न जिल्लामा १२ जनाको मृत्यु भएको जनाए ।
उनका अनुसार अहिले देशभरि १६,५७८ जनामा सक्रिय संक्रमित रहेको छ ।
तपाईको प्रतिक्रिया