काठमाडौं । नेपालमा शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए अनुसार मृतकको कुल संख्या २०७ पुगेको छ । शनिबार मृत्यु हुनेमा ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताए ।
यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको उनले बताए ।
तपाईको प्रतिक्रिया