-सहबान अन्सारी
नवलपरासी । नवलपरासीमा १८ जना कोरोना संक्रमित थपिएका छन्।
शनिवार पाल्हीनन्दन गाउँपालिकामा १४ र प्रतापपुर गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकालले बताए।
पाल्हीनन्दन गाउँपालिका वडा नं. १ मा २३, २४, ३०, ३५, ४२, ४५, ४७, ४८, ५८ बर्षीय ९ जना पुरुष र २२ र ३० बर्षीया दुई जना महिलामा कोरोना पुष्टि भएको हो।
साथै वडा नं. २ मा २५, २९ र ३९ वर्षीय पुरुषमा पुष्टि भएको छ भने वडा नं ३ मा ४७ वर्षीया एक जना महिलामा कोरोना पुष्टि भएको हो। त्यसैगरी प्रतापपुर गाउँपालिकाको वडा नं ४ मा ६५ वर्षीय वडा नं ५ मा २२ र २४, वर्षीय पुरुष र वडा नं ७ मा ६८ वर्षीय पुरुषमा कोरोना संक्रमितको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ।
जिल्लामा हाल सम्म जिल्लामा कोरोना संक्रमितको संख्या २३४ जना पुगेको छ ।
तपाईको प्रतिक्रिया