काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि आइसोलेटेड भएर बसेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा लगायतको पीसीआर रिपोर्ट निगेटिभ आएको छ ।
सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि साढे दुई घन्टा छलफल भएको थियो । बैठकमा सहभागी एक कर्मचारीमा संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार माधव तिवारीका अनुसार स्वास्थ्मन्त्री ढकालसहित सबैको शनिबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट निगेटिभ आएको हो ।
मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको शनिबार बिहान सीसीएमसीको टोलीले पीसीआर परीक्षण गरेको थियो ।
केही दिनअघि उक्त स्थानमा बैठकमा सहभागी भएका उनीहरु सजग भएर सुरिक्षत बसेका थिए ।
तपाईको प्रतिक्रिया