काठमाडौं । नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२१ जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको जानकारी दिए । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् ।
यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् ।
तपाईको प्रतिक्रिया