काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ सहित देशभर १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर ३४८ महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।
तपाईको प्रतिक्रिया