दार्चुला । आइतबार दार्चुलाका प्रहरी सहित थप दुई जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत एक प्रहरी र शैल्यशिखर नगरपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शैल्यशिखर नगरपालिकाका ५१ वर्षीय पुरुष र जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत २७ वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड —१९ सम्पर्क व्यक्ति विरेन्द्र प्रसाद भट्टले जानकारी दिए । आइतवार कोरोना पुष्टि भएका प्रहरी काठमाडौंबाट सरुवा भएर दार्चुला आएका थिए ।
उनी दार्चुला बहुमुखी क्याम्पसको क्वारेन्टीनमा बसिरहेका थिए । भदौ ७ गते शैल्यशिखर नगरपालिकाका ४३ जना र भदौ ९ गते जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत २१ प्रहरीहरुको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि डडेल्धुरा प्रयोगशाला पठाइएको थियो । जसमध्ये शैल्यशिखरका एक र जिप्रकाका एक जनाको रिपोर्ट पोजेटिभ आएको कोभिड —१९ सम्पर्क व्यक्ति भट्टले बताए ।
शनिवार मात्रै दार्चुलामा भारतबाट आएका दाजुभाईमा कोरोना देखिएको थियो । यो सँगै दार्चुलामा कोरोना संक्रमण हुनेको संख्या ५२ पुगेको छ ।
तपाईको प्रतिक्रिया