काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको छ ।
स्वास्थ्री तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा महिला ३०३ र पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
यस्तै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २१ हजार ४ सय १० पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको डा. गौतमले जानकारी दिए ।
तपाईको प्रतिक्रिया