काठमाडौं । बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको साथै योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २३९ पुगेको जानकारी दिए ।
महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ भने पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको गौतमले बताए ।
तपाईको प्रतिक्रिया