काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
यस्तै कोरोना भाइरसबाट संक्रमण मुक्त हुनेको संख्या २२ हजार १ सय ७८ जना पुगेको छ । अहिलेसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ५१ जना रहेका छन् ।
यस्तै अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । जसमा महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै संक्रमितको कुल संख्या ४० हजार ५ सय २९ पुगेको डा. गौतमले जानकारी दिए ।
यस्तै बितेको २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या ७६८ रहेको छ भने कुल संक्रमण मुक्त हुनेको संख्या २२ हजार १७८ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेकाे संख्या २३९ पुगेकाे डा. गौतमले जानकारी दिए ।
तपाईको प्रतिक्रिया