Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

निषेधाज्ञा बारे आज निर्णय हुँदै


निषेधाज्ञा बारे आज निर्णय हुँदै



काठमाडौं । काठमाडौं  उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञालाई कुन स्वरुपमा लैजाने भन्ने विषयमा छलफल भएको छ । निषेधाज्ञाको बारेमा उपयुक्त निर्णय गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न क्षेत्रका विज्ञ, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल भएको हो । “तीन जिल्लाका प्रमखु जिल्ला अधिकारीबीच मंगलबार मात्रै भर्चुअल बैठक गरेका छौँ, सबै सरोकारवालासँग परामर्श लिने काम भएको छ, त्यसको आधारमा साझा धारणा बनाएर उपयुक्त निर्णय लिइने छ”, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने ।



उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको यही भदौ २ गतेको निर्णयानुसार ४ गते बिहान १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि उपत्यकका तीनै जिल्लामा निषेधको आदेश जारी गरिएको थियो । भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेश कायम गरिएको छ । निर्धारित समयको एक दिनअगावै तीनै जिल्लाका प्रजिअले उपयुक्त निर्णय लिन छलफल र परामर्श भएको हो । विभिन्न क्षेत्रका प्रतिनिधिको सुझावका आधारमा तीनै जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञाको स्वरुपबारे साझा धारणा बनाउने र उक्त विषयमा बुधबार गृहमन्त्रालयसँग छलफल गरी परामर्शका आधारमा आवश्यक निर्णय लिइने उनले बताए । प्रशासन कार्यालयका अनुसार कतिपय विज्ञबाट केही खुकुलो बनाउनुपर्छ भन्ने सुझाव आएको र कतिपयबाट अझै कडाइ गर्नुपर्ने सुझाव प्राप्त भएको छ । केही संस्थाले भने मध्यमार्गी निर्णय जरुरी रहेको सुझाव दिएको छ ।



उपत्यका नगरपालिका फोरमले भने अझै कडा गर्नुपर्ने आवश्यकता औँल्याउँदै सुझाव पठाएको छ । फोरममा उपत्यकाका १८ वटै पालिकाका प्रमुख र उपप्रमुख आबद्ध हुनुहुन्छ । फोरमका सचिव मदनसुन्दर श्रेष्ठले भने, “अहिलेसम्मको नतिजा हेर्दा सङ्क्रमण बढ्दै गएको देखिन्छ, त्यसैले हामीले अर्काे एक हप्ता थप कडाइ गर्न सुझाव दिएका छौँ ।” उनका अनुसार सर्वसाधारणले निषेधाज्ञाको पूर्ण पालना गरिरहेका छैनन् । त्यसैले नियन्त्रण हुन सकेको छैन । निषेधाज्ञाको समयमा जानाजान घुमफिरमा निस्कने जमात बढिरहेको छ । तरकारी तथा फलफूल बजारमा सामाजिक दूरी कायम हुन सकिरहेको छैन । प्रहरीले समेत प्रभावकारी भूमिका निर्वाह गर्न सकिरहेको छैन । आफैँ सङ्क्रमित भएकाले न्यून सङ्ख्याका प्रहरीले सुरक्षा दिइरहनुपरेको छ । जबर्जस्ती गाडी चलाउने क्रम रोकिएको छैन । दुई हप्ताको अन्तरालमा उपत्यकाका यसरी आदेश उल्लङ्घन गर्ने झण्डै १० हजार गाडी कारवाहीमा परिसकेको छ ।



ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले निषेधाज्ञा पूर्ण पालना गर्ने हो भने योभन्दा उपयुक्त कदम केही पनि होइन भने । उनले मानिसले स्वास्थ्य मापदण्ड पालना नगरे जस्तोसुकै कडा गरे पनि केही नहुने बताए । काठमाडौँ उपत्यकामा दैनिक १०० देखि ५०० सम्म कोभिड–१९ का बिरामी भेटिँदै आएको छ । साउनपछि भने द्रुत गतिमा सङ्क्रमण फैलिएको छ । दैनिक मृत्युदरसमेत बढ्दो छ । यस्तो अवस्थामा अहिले नै निशेषाज्ञा प्रभावकारी नभएको भनेर विश्लेषण गर्नु हतार हुने विज्ञको भनाइ छ । चौध दिन पछि मात्रै एउटा तथ्याङ्क आउने भएकाले अबको हप्ता भने त्यसका लागि महत्वपूर्ण हुनेछ ।“अहिलेसम्म पुरानै सङ्क्रमणको असर देखिँदै, अब बल्ल नयाँ बिरामी फेला पर्ने हुन्, अबका दिनमा घट्छ भन्ने आशा छ”, महर्जनले रासससँग भने, बल्ल अब नतिजा कस्तो आउँछ हेर्नुपर्छ ।” उनले स्वास्थ्य मापदण्ड प्रयोग गर्ने र नाका नियन्त्रण गरे निषेधाज्ञा खुकुलो गर्दा पनि हुने नत्र कडा गर्नुको विकल्प नभएको बताए ।



गृहमन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेका अनुसार अहिले मुलुकका ४३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सत्चालिस मध्ये केही हिमाली जिल्लामा सुधार आएकाले निषेधाज्ञा हटाइएको लामिछानेले बताए । गृहको अनुगमनमा आदेशको कार्यान्वयन सन्तोषजनक नै छ । आदेश जारी नगरिएको भए अवस्था भयावह हुनेतर्फ उनले सबैमा ध्यानाकर्षण गराउनुभयो । अझै आवश्यकता देखिएमा स्थानीय प्रशासनलाई आवश्यक निर्णय लिन अधिकार रहेको उनको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने अझै कडाइ गर्न अनुरोध गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी
पत्र-पत्रिका

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

1 week ago
ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा
पहरा विशेष

ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा

1 week ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि