काठमाडौं । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस संक्रमण थप १२ जनाको मृत्यु भएको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १२ जनाको मृत्यु भएको जानकारी दिए ।काठमाडौंका मृतकमा १ महिला र २ पुरुष रहेका छन् । यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ ।
यस्तै बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ ।यो संगै मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १ सय २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ४१ हजार ६ सय ४९ पुगेको डा. गौतमले जानकारी दिए ।
तपाईको प्रतिक्रिया