काठमाडौं । काठमाडौं उपत्यकामा थप ४४५ जना सहित देशभर १,२२८ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज १३ हजार ४१३ जनाको पीसीआर भएको जसमा काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना सहित देशभर १,२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
यससँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको डा. गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।
यस्तै बितेको २४ घण्टामा ९१७ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २४ हजार २०७ पुगेको छ ।
तपाईको प्रतिक्रिया