दार्चुला । दार्चुलामा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रवार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा दार्चुलाको मार्मा गाउँपालिकामा कार्यरत डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड १९ सम्पर्क व्यक्ति विरेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
उनी यहि भदौ ४ गते लटिनाथ स्वास्थ्य चौकीमा नियुक्त भएका हुन् । यसअघि उनी गोकुलेश्वर अस्पतालमा कार्यरत थिए । यो संगै दार्चुलामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
दार्चुलामा अहिले सम्म भारत तथा तेस्रो मुलूकबाट आउने नागरीक, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ । अहिले सम्म जिल्लामा कोरोना समुदाय स्तरमा फैलिएको छैन।
तपाईको प्रतिक्रिया