काठमाडौं । नेपालमा एकैदिन कोरोना संक्रमित हुनेको संख्या १ हजार ३ सय ५९ पुगेको छ । यो संगै कोरोना संक्रमित हुनेको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।
यस्तै एकैदिन संक्रमण मुक्त हुनेको संख्या पनि १ हजार ३ सय ५४ पुगेको छ । यो संगै कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २५ हजार ५ सय ६१ पुगेको छ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।
डा. गौतमका अनुसार संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ३ सय ५४ पुगेको छ । यो संगै कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २५ हजार ५ सय ६१ पुगेको डा. गौतमले जानकारी दिए ।
तपाईको प्रतिक्रिया