काठमाडौं । राताे मच्छिन्द्रनाथकाे रथ तान्ने विषयमा भएकाे झडप नियन्त्रणमा खटिएका ५६ प्रहरीमा काेराेनाभाइरस देखिएकाे छ । स्थानीय युवाकाे अग्रसरतामा बिहीबार भएकाे आन्दोलन नियन्त्रणमा खट्ने एक प्रहरी निरीक्षक सहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आन्दोलन नियन्त्रणमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । त्यहाँ खटिएका प्रहरीले केही दिन अघि नै स्वाब दिएका थिए ।
उनीहरुको रिपोर्ट शुक्रबार आएको हो । परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम भए पनि ती प्रहरीलाई भिड नियन्त्रणमा खटाएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।
प्रहरीमा काेराेना संक्रमण देखिएपछि भिडमा उपस्थित स्थानीयवासी पनि सशंकित बनेका छन् । पाटन मंगलबजारका रामकाजी महर्जनले काेराेना संक्रमित प्रहरी खटाएर राज्यले ठीक नगरेकाे बताए । उनले प्रहरीकै कारण पहिल्यै जाेखिममा रहेका स्थानीयवासी थप जाेखिममा पुगेकाे गुनासाे गरे ।
उनले तत्काल सरकारले पाटन नगर क्षेत्रभित्र सघन परीक्षण गर्न पनि माग गरे ।
तपाईको प्रतिक्रिया