काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार बढी पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको कुल संख्या ४४ हजार २ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
उनका अनुसार बितेको २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर भएको परिक्षणमा महिला ३४९ र पुरुष ६९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै संक्रमण मुक्त हुनेको कुल संख्या २७ हजार १२७ पुगेको छ। पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या १ हजार ५६६ जना रहेको डा. गौतमले जानकारी दिए ।
हाल सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ ।
यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएसंगै कोरोना संक्रमितको मृत्यु हुनेको कुल संख्या २८० पुगेको डा. गौतमले जानकारी दिए ।
तपाईको प्रतिक्रिया