Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

लक्षणविहीन संक्रमितको संख्या बढेपछि कोरोना संक्रमित व्यवस्थापन चुनौतीपूर्ण बन्दै


लक्षणविहीन संक्रमितको संख्या बढेपछि कोरोना संक्रमित  व्यवस्थापन चुनौतीपूर्ण बन्दै

काठमाडौँ । काठमाडाैँ उपत्यकामा कोभिड–१९ का सङ्क्रमित सात हजार ३८ पुगेको छ । दश दिनमा उपत्यकामा दोब्बर सङ्क्रमित थपिएका हुन् । भदौ ८ गते काठमाडाैँ उपत्यकाको तीनवटै जिल्लामा तीन हजार ४८६ जना सङ्क्रमित थिए ।

राजधानी शहरसमेत रहेको उपत्यकामा दैनिक सङ्क्रमित थपिने करिब पाँच सय पुग्न लाग्दा तीनै तहको सरकार सक्रिय बनेको छ । अझै उपत्यकाका स्थानीय तहका पाँच वडाको प्रत्येक वडामा सङ्क्रमित हुने करिब दुई सय पुगेको छ । सङ्क्रमण समुदायमा लक्षित भएपछि स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुहुने जनस्वास्थ्यविद् डा. शरद वन्तले नियन्त्रणका लागि नागरिक, जनप्रतिनिधि, स्वास्थ्यकर्मीको सहयोग आवश्यक हुने बताउनुहुन्छ ।

कोभिड–१९ उच्च स्तरीय समितिले बाँडफाँड गरेको जिम्मेवारीबमोजिम सङ्घीय सरकारले लक्षण देखिने सङ्क्रमितको उपचार व्यवस्थापन गर्छ । प्रदेशले स्थानीय तहसँगको समन्वयमा लक्षण नदेखिएका बिरामीको व्यवस्थापन गर्दैआएको छ । स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने जिम्मेवारी पाएको छ ।

काठमाडाैँसहित उपत्यकाका तीन जिल्लामा सङ्क्रमण बढेसँगै उपत्यका नगरपालिका फोरमको बैठक बसी शैया व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ । फोरमले प्रदेशसँगको समन्वयमा सात हजार शय्या व्यवस्थापन गर्न जुटेको काठमाडाैँ महानगरपालिका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो ।

तर व्यवस्थापन भइनसकेको अवस्थामा मात्रै सङ्क्रमित हुने बढ्दो छ । र काठमाडाैँ महानगरपालिका सात वटा वडामा मात्रै एक हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन् । लक्षणविहीन सङ्क्रमितको सङ्ख्या बढी भएकोले पनि स्थानीय तहका लागि सङ्क्रमित व्यवस्थापन चुनौतीपूर्ण छ । नेपालमा करिब ७५ प्रतिशत लक्षणविहीन सङ्क्रमित छन् ।



काठमाडाैँका कोभिड–१९ हटस्पट

महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार सात वटा वडा सङ्क्रमणको ‘हटस्पट’ पहिचान गरिएको छ । एक सय जनाभन्दा बढी सङ्क्रमित रहेका वडालाई हटस्पटमा राखिएको महानगरपालिकाका स्वास्थ्य महाशाखाका सम्पर्क व्यक्ति ज्ञानबहादुर ओलीले जानकारी दिनुभयो ।

वडा नं ३२ कोटेश्वर र वडा नं १६ बालाजुमा दुई सयभन्दा बढी सङ्क्रमितको पुष्टि भइसकेको छ । वडा नं २७ महाबौद्ध र वडा नं ३ महाराजगञ्जमा करिब १८५ सङ्क्रमित छन् । वडा नं १४ कलङकी र वडा नं १३ कालीमाटीमा करिब १३५ सङ्क्रमित पुष्टि भएको महानगरपालिकाले जनाएको छ । वडा नं २८ अन्तर्गत पर्ने बागबजारमा १०३ सङ्क्रमित छन् ।

महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमित बढी भएको क्षेत्रमा प्राथमिकता राखेर कन्ट्याक्ट ट्रेसिङ भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार मात्रै सङ्क्रमितको सम्पर्कमा आएका १९५ जनालाई पहिचान गरिएको छ । तर महानगरको उक्त प्रयास भने पर्याप्त देखिन्न ।

काठमाडाैँमा मात्रै शुक्रबार ३८६ जना सङ्क्रमित पुष्टि भएका छन् । सङ्क्रमितको सम्पर्कमा आएका कम्तिमा एक हजार हुन आउँछ । तर दैनिक एक सयदेखि दुई सङ्क्रमितको सम्पर्कमा आएका व्यक्ति पहिचान गरिएको छ ।

महानगरले कन्ट्याक्ट ट्रेसिङका लागि दशवटा टोली खटाएको छ । टोलिले हालसम्म छ हजार ४१३ जनालाई अलग्याएर पीसीआर परीक्षण गरेको छ । प्रवक्ता डङ्गोल भन्नुहुन्छ, “सङ्क्रमित पुष्टि भएसँगै सम्पर्कमा आएकाको खोजी हुन्छ, पहिचान गरेर अलग्याइन्छ र निश्चित समय तोकेर पीसीआर परीक्षण गरिन्छ ।” उक्त कार्यका लागि जनप्रतिनिधि परिचालन गरिएको छ । “स्वास्थ्य उपचार र परामर्शका लागि शहरी स्वास्थ्य क्लिनिक छन् ।” उहाँले थप्नुभयो ।

आइसोलेसनको व्यवस्थापन स्वास्थ्य मन्त्रालयको प्रोटोकलबमोजिम निर्धारण गरिएको छ । यद्यपि लक्षणविहीन बिरामीले घरमा छुट्टै कोठा र शौचालयको व्यवस्था नरहेको जानकारी गराएपछि आइसोलेसन सेन्टरमै व्यवस्थापन गरिएको प्रवक्ता डङ्गोलले प्रष्ट्याउनुभयो ।

काठमाडाैँमा मात्रै करिब छ सयभन्दा बढी लक्षणविहीन सङ्क्रमित होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा बसेका सङ्क्रमितको चिकित्सकीय परामर्श, खाद्यान्न व्यवस्थापनलगायतबारे सम्बन्धित वडाका जनप्रतिनिधिले सोधखोज गर्दै आएको महानगरको दाबी छ ।

वडालाई होम आइसोलेसनमा बस्नेको अभिलेख राख्ने, अनुगमन गर्ने, समस्या बुझ्ने जिम्मेवारी दिइएको महानगरका प्रवक्ता डङ्गोलले जानकारी दिनुभयो ।

“होम आइसोलेसनका सङ्क्रमितमा समस्या भए दुई जना चिकित्सक परामर्श र हेरचाहका लागि राखिएका छन् ।” महानगरका स्वास्थ्य महाशाखाका ओलीले बताउनुभयो । होम आइसोलेसनमा बसेकाहरूलाई डाक्टर निष्ठा उलक र अखिल त्रिपाठीले चिकित्सकीय परामर्श र सेवा दिनुभएको महाशाखाले जनाएको छ ।- गोरखापत्र

Tags: कोरोना भाइरसहटस्पट

तपाईको प्रतिक्रिया

Related Posts

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

8 hours ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

1 day ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

3 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

3 days ago
धनगढी उपमहानगरको  नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण
विविध

धनगढी उपमहानगरको नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण

4 days ago
कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

6 days ago

ताजा समाचार

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

8 hours ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

1 day ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

3 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

3 days ago
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

3 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि