काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९८० जना कोरोना संक्रमित थपिए । काठमाडौं उपत्यकामा ४५४ जना सहित देशभर ९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा २९० तथा ललितपुर र भक्तपुरमा ३२–३२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
यस्तै आज पीसीआर १० हजार ३८२ जनाको भएकोमा देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएको डा. गौतमले जनाए ।
पछिल्लो २४ घण्टामा १ हजार ८१४जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमण मुक्त हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।
तपाईको प्रतिक्रिया