काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।
बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका हुन।
स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङमा ९,२१८ जनाको पीसीआर परीक्षणमा ९७९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यसैगरी पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या १ हजार ७ सय ३६ रहेको छ । यस्तै संक्रमण मुक्त हुनेको कुल संख्या ३० हजार ६ सय ७७ जना पुगेको डा गौतमले जानकारी दिए ।
यस्तै कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ३०० पुगेको डा गौतमले जानकारी दिए ।
तपाईको प्रतिक्रिया