काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५४ कोरोना संक्रमित थपिएका छन् ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरमा थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
योसँगै देशभर कोरोना संक्रमितको संख्या ५० हजार पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा ९७२ जना डिस्चार्ज भएका छन् । हालसम्म ३६ हजार ६७२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ७०१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख २१ हजार १८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार २९१ जना र होम आइसोलेसनमा ६ हजार ६३४ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ७८ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर २५ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा १०५ जना रहेका छन्
तपाईको प्रतिक्रिया