काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३३६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १,२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म ५३ हजार १२० संक्रमितको संख्या पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस व्रिफिङमा १२०१ संक्रमित थपिएको जानकारी दिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३७ हजार ५२४ पुगेको छ ।
तपाईको प्रतिक्रिया